लिखितम नेपालको कानुन अन्तर्गत प्राईभेट लिमिटेड कम्पनीमा मिति २८/११/२०७६ मा दर्ता भई का.म.न.पा. वडा नं ११, त्रिपुरेश्वरमा रजिष्टर्ड कार्यालय रहेको उपाय सिटी कर्गो प्रा ली (जसलाई यसपछि “उपाय” भनिने छ, र अन्य सन्दर्भ र अर्थ नलागेसम्म, यसका प्रतिनिधिहरूलाई समेत जनाउने छ ।
यस उपाय सिटी कार्गो App मा दर्ता गर्ने क्रममा उल्लेखीत गाडीको धनी/चालक (जसलाई यसपछि "सेवा प्रोफेसनल" भनिने छ र अन्य सन्दर्भ र अर्थ नलागेसम्म, यसका प्रतिनिधिहरू समेतलाई जनाउने छ) का बीच आजको मिति (“कार्यान्वयन मिति”) देखि लागु हुने गरी यस करारनामामा उल्लेखित उद्देश्य प्राप्तिका निमित्त उल्लेखित शर्त वन्देजहरु तथा प्रचलित नेपाली कानूनहरुको अधिनमा रही यो करारनामा सम्पन्न गरिएको छ ।
“उपाय सिटी कार्गो” ले इन्टरनेटमा आधारित प्लेटफर्म प्रदान गरी विभिन्न प्रकारका घरायशी, कार्यालयका तथा अन्य मालसामानहरू ढुवानी गर्न चाहने ग्राहकहरुलाई सेवा प्रोफेशनलसँग संपर्क स्थापित गर्न चाहेको र सेवा प्रोफेसनलले नेपालका सम्बन्धित आधिकारिक सरकारी निकायबाट मालबाहक गाडी चलाउन र÷वा ग्राहकले अनुरोध गरेअनुसार सामान ढुवानी सेवाहरू प्रदान गर्न वैध इजाजतपत्र प्राप्त गरेको तथा दुबै पक्षबीच उपायले सेवा प्रोफेसनल (लगायत) लाई ग्राहक पहिचान गर्न र यातायात व्यवसाय र सेवा प्रोफेसनलहरूको सञ्जाललाई सहजीकरण गर्न आफ्नो इन्टरनेटमा आधारित प्लेटफर्म प्रदान गर्ने र सेवा प्रोफेसनलले उपायबाट सो सेवा प्राप्त गर्न सहमती भएबमोजिम देहायबमोजिमका शर्तहरुको अधिनमा रही उल्लेखित उद्देश्य प्राप्त गर्नका लागी कार्य गर्ने संबन्धमा दुबैपक्षको राजिखुशी तथा सहमतीमा यो करारनामाको लिखत गरी हस्ताक्षर गरिएको छ ।
१.१.
उपायका सेवाका क्षेत्रहरू निम्न अनुसार रहनेछन् :
(क)
उपायले उपाय सिटी कार्गो सेवाहरू सञ्चालन गर्नको लागि र ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूलाई त्यस्ता इन्टरनेटमा आधारित प्लेटफर्मसँग जोड्नको लागि वेबसाइट, मोबाइलमा आधारित मोबाईल एप्लिकेशन (सफ्टवेयर) विकास गर्नेछ ;
(ख)
उपाय सिटी कार्गो सेवा लगायत ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूको विज्ञापन निर्माण गर्ने र विभिन्न उपयुक्त माध्यमबाट विज्ञापन सम्प्रेषण गर्ने जिम्मेवारी उपायको हुनेछ ;
(ग)
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई कुनै पनि समय, मिति र स्थानमा सामानहरू ढुवानी गर्नको लागि सम्भावित ग्राहकसँग जोड्ने कार्य उपायले गर्नेछ । ग्राहक भन्नाले उपायलाई ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूबाट ढुवानी सेवाहरू प्राप्त गर्नको लागि सम्पर्क गर्ने व्यक्ति स्वंयम् वा कानुन सम्मत संस्था समेतलाई जनाउने छ । उपायको भूमिका ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी र ग्राहकहरूलाई इन्टरनेटमा आधारित प्लेटफर्म प्रदान गर्नेमा मात्रै सीमित रहनेछ ।
१.२.
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीका सेवाका क्षेत्र निम्नानुसार हुनेछन् :
(क)
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले आफ्नै सवारी साधनबाट, आफ्नो सवारी साधनको आफैँ चालक भएर वा चालक राखेर ग्राहकलाई उपायद्वारा निर्देशित वा ग्राहकले अनुरोध गरे बमोजिमको निर्धारित समय र निर्धारित स्थानभित्र ढुवानी सेवा प्रदान गर्नेछ ।
(ख)
सेवा प्रोफेसनले उपायले माग गरेबमोजिम र आवश्यकतानुसार कुनै पनि समयमा ढुवानी सेवा उपलब्ध गराउनेछ ।
(ग)
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले ग्राहकसँग अन्तरक्रिया गर्दा व्यावसायिक र शिष्टाचारी भई गर्नुपर्नेछ । ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले आफुलाई तोकीएको कार्य स्वीकार गरेपछी र कार्य संपन्न गरेपछी उपायलाई फोन मार्फत वा तोकिएको अन्य माध्यमबाट जानकारी गराउनु पर्नेछ ।
(घ)
उपायले ग्राहकबाट ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूको विरुद्ध कुनै पनि उजुरी प्राप्त गरेमा, त्यस्ता ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई उपायले निर्धारित अवधिभित्र र उपायद्वारा निर्देशित विधि अपनाई आफ्नो व्यवहार सुधार गर्न लगाउन सक्नेछ र त्यसो गर्न असफल भएको खण्डमा, करार भंग गर्ने अधिकार उपायमा निहित रहनेछ ।
(ङ)
उपायले तोके बमोजिम सेवा शुल्क असुल गर्ने संबन्धमा ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरुको पुर्ण मञ्जुरी रहेको छ ।
(च)
सेवा प्रोफेसनले आफ्नो सवारी साधनको माइलेज, गाडी चलेको किलोमिटर, सर्भिसिङ र मर्मतको विवरण वा आफ्नो सवारी साधनसँग सम्बन्धित अन्य सूचनाहरु समय समयमा माग भएबमोजिम उपायलाई उपलब्ध गराउने छ ।
यस सम्झौताको अवधि १ वर्षको रहने छ। यस सम्झौताको अवधि दुबै पक्षहरूको पारस्परिक लिखित सहमतिमा नवीकरण गर्न सकिनेछ ।
३.१.
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले ग्राहकबाट प्राप्त गर्ने सेवा शुल्क उपायले तय गर्नेछ र सेवा प्रोफेसनले उपायको पूर्व स्वीकृति नलिई त्यस्तो सेवा शुल्कमा परिवर्तन गर्ने पाउने छैन । उपायले त्यस्तो सेवा शुल्क समय समयमा परिमार्जित गर्न सक्नेछ ।
३.२.
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले ढुवानी कार्य सम्पन्न गरेपछि सेवा शुल्क ग्राहकबाट सिधै वा उपायबाट मार्फत प्राप्त गर्न सक्नेछ ।
३.३.
उपायले ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी तथा ग्राहकलाई इन्टरनेट प्लेटफर्म प्रदान गरे वापत सेवा शुल्कको रूपमा ग्राहकबाट प्राप्त कुल सेवा शुल्कको केही प्रतिशत रकम प्राप्त गर्नेछ । सो रकम उपाय सिटी कर्गो ले बजार व्यवस्थापन गरे स्वरूप माग तथा आपूर्ती लाई मध्यनजर गरेर निर्धारण गर्ने छ ।
३.४.
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी कुुनैपनी कारणले ग्राहकबाट सेवा शुल्क लिन असफल रहेको खण्डमा, निजलाई उक्त सेवा शुल्कको भुक्तानी गर्न उपाय जिम्मेवार हुने छैन । ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीको दुव्र्यवहार वा ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीको अव्यावसायिक व्यवहारको कारणले गर्दा ढुवानी कार्यमा समस्याहरू आएमा, उपायले त्यस्तो ग्राहकलाई उक्त कार्यको सेवा शुल्क पुर्णरुपमा छुट दिन सक्नेछ । त्यस तो अवस्थामा, ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले पाउने रकमबाट छुट दिइएको रकम समायोजन गरी ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई सेवा शुल्कको भुक्तानी गरीनेछ । कुनै पनि ढुवानी सेवाका लागी ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी नियुक्त गर्दा निजको उपलब्धता, स्थान र विगतको कार्य सम्पादन रेकर्डको आधारमा आफ्नो विवेक प्रयोग गरी नियुक्त गर्न सक्ने अधिकार उपायमा निहित रहनेछ । कुनै ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई कुनै पनि ढुवानी कार्यको जिम्मा दिईएको अवस्थामा निजले सो कार्य सम्पन्न गर्न ढिला गरेमा वा अन्य कारणहरूले ढिलो भएको खण्डमा उपायले उक्त कार्य सम्पन्न गर्नका लागी अर्को ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी तोक्न सक्ने छ । यस्तो अवस्थामा सुरुमा कार्य गर्न दिइएको ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले सेवाको लागि कुनै भुक्तानी प्राप्त गर्ने छैन (तर उपायले उचित व्यवहारमा भुक्तानी दिने निर्णय गर्न पनि सक्नेछ)।
३.५.
उपायले आफुमार्फत प्रदान हुने सेवामा आयकर ऐन तथा मुल्य अभिवृद्धि ऐन बमोजिम लाग्ने कर असुल गर्नेछ र यस्तो कर असुल गर्ने दायित्व उपायमा आवद्ध ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरुको पनि हुनेछ । साथै उपायले ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई सेवा शुल्कको भुक्तनी गर्दा आवश्यक कर कट्टि गरेर मात्र भुक्तनी गर्नेछ र यसमा ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीको पुर्ण सहमति रहनेछ ।
३.६.
सेवा प्रोफेस्नलको पारीश्रमिकको भुक्तानी e-payment का माध्यम बाट हुनेछ, जस मध्ये बैंक ट्रान्स्फर, e-Sewa, Khalti आदी जस्ता माध्यम हरु पर्नेछन ।
४.१.
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले नेपालको सम्बन्धित आधिकारिक सरकारी निकायबाट आवश्यक सबै अनुमति र इजाजतपत्र प्राप्त गरेको र यस सम्झौता अन्तर्गतका सेवाहरू प्रदान गर्न कानूनी रूपमा सक्षम छ भन्ने कुरा स्पष्ट गर्दछ ।
४.२.
दुबै पक्षहरूले यस सम्झौता लागू रहेको समयमा सबै प्रचलित कानुनहरूको पुर्ण पालना गर्नेछन् ।
४.३.
दुबै पक्षहरूले निजहरूसँग सबै आवश्यक दर्ता, स्वीकृतिहरू र यस सम्झौता लागू गर्ने अधिकार रहेको स्वीकार गर्दछन् र साथ साथै यस सम्झौतामा हस्ताक्षर गरेर निजहरूले राज्य र सरकार र÷वा तेस्रो पक्षको अधिकार तर्फ कुनै पनि सम्झौता वा कानुनी दायित्व उल्लङ्घन गरिरहेको छैन भन्ने कुरा थप दावी गर्दछन् ।
४.४.
उपाय कुनै ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीको कार्यसम्पादनबाट सन्तुष्ट नभएको खण्डमा त्यस्तो कार्य परिवर्तन वा सुधार गर्न निर्देशन दिन सक्नेछ, ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले उक्त कार्य उपायको लिखित वा मौखिक निर्देशनमा त्यस्तो निर्देशन प्राप्त भएको मितिले तीन (३) कार्य दिन भित्र परिवर्तन वा सुधार गर्न सहमती प्रदान गर्दछन् । यदि सो गर्न असमर्थ रहेमा उपायले यो सम्झौता कुनै पनि समय खारेज समेत गर्न सक्नेछ ।
५.१.
उपायको जिम्मेवारी ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी र ग्राहकको माग र आपूर्तिको संयोजन÷सङ्कलन गर्नको लागि इन्टरनेटमा आधारित प्लेटफर्म उपलब्ध गराउनेसम्म मात्र सीमित रहेको संबन्धमा ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी सहमत छन् र ग्राहकलाई ढुवानी सेवा उपलब्ध गराउने सम्बन्धमा निजको कार्यसम्पादनको लागि ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी आफैँ जिम्मेवार हुनेछन् ।
५.२.
नेपालका कुनै पनि सरकारी वा आधिकारिक निकायले सवारी साधनको प्रयोगमा वा परिवहन सेवा सञ्चालन सम्बन्धमा कुनै पनि कारवाही प्रक्रिया शुरु गरेमा वा दण्ड वा जरिवाना तोकेमा लगायत सबै वित्तीय तथा गैर वित्तीय दायित्व (गा्रहकको मालसामान समेत), ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी आफैँले व्यहोर्न जिम्मेवार र उत्तरदायी हुनेछन् । कानून पालना नगरेको कारण उत्पन्न हुने त्यस्ता परिणामहरूको लागि उपाय जिम्मेवार हुने छैन ।
५.३.
ग्राहकले बीमा प्राप्त गरेर तेस्रो पक्षमार्फत सोको दावी गर्दाको अवस्थामा बाहेक ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले तेस्रो पक्षीय जोखिम लगायत सबै प्रकारका जोखिमहरू समेट्ने आवश्यक बीमा पोलिसीहरू खरिद गर्न सक्नेछ । दुर्घटना वा अन्य समस्याहरूको कारणले कुनै पनि व्यक्ति वा सम्पत्ति (ग्राहकको सम्पत्ति लगायत) मा हुनसक्ने हानि वा क्षतिको लागि उपाय उत्तरदायी हुने छैन र त्यस्ता हानि वा क्षतिको लागि ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले नै क्षतिपूर्ति दिनुपर्नेछ ।
५.४.
ग्राहकले ढुवानी गर्नको लागि अनुरोध गरिएका सामानहरूको जाँच गर्ने जिम्मेवारी ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीको हुनेछ । अवैध सामानहरूको ढुवानीको सम्बन्धमा, उपायको शून्य सहनशीलता नीति रहेको छ र त्यस्ता घटनाहरूको बारेमा तुरुन्तै उपाय र सम्बन्धित निकायलाई सूचित गरिनु पर्नेछ । सो कार्यबाट आईपर्ने परिणामहरूको लागि उपाय उत्तरदायी हुने छैन । सवारी साधनमा सामान लोड गर्नुअघि सामान ठीकसँग जाँच गर्ने अभिभारा ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीमा हुनेछ ।
५.५.
यस करारनामा बमोजिमको उद्देश्य प्राप्तीका लागी प्रयोग हुने मोबाईल एप्लिकेशन (सफ्टवेयर) लाई आवश्यक भेइकल ट्रयाकर आफ्नो मालबाहक गाडीमा जडान गर्न ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी सहमती जनाउँदछन् ।
५.६.
ड्राइभर पार्ट्नरले उपाय सिटी कर्गोको ट्रिप गर्दा अनिवार्य रूपमा Driver App को प्रयोग गर्नु पर्ने छ। ट्रिप गर्दा START र FINISH नगरेको ट्रिप मान्य हुने छैन। Driver App मा केही समस्या आएमा उपाय सिटी कर्गोको प्रतिनिधि लाई संपर्क गर्नु पर्ने हुन्छ अन्यथा सो ड्राइभर पार्ट्नरले ट्रिप गर्न पाउने छैनन ।
६.१.
उपायले आफ्नो विवेक प्रयोगगरी यस सम्झौता अन्तर्गत सेवा प्रदान गर्नका लागि ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूलाई सक्षम बनाउने प्रयोजनका लागि ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूलाई निश्चित जानकारी तथा सुचना प्रदान गर्नेछ र ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूले त्यस्ता सूचनाको गोपनीयता कायम राख्नको लागि आवश्यक सबै कदमहरू चाल्नेछन् । उपायसँग गोपनीयता कायम गराउने कार्यमा ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूलाई सक्षम बनाउनको लागि निरीक्षण गर्ने र आवश्यक परिवर्तनहरू सिफारिस गर्ने पुरा अधिकार रहेको छ । यस संबन्धमा ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले आफ्नै गोप्य सूचना सरह सो बखतमा अपनाउने सबै यथोचित कदमहरु चाल्नेछन् ।
६.२.
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई उपलब्ध गराईएका जानकारी र सूचना, र सूचनाका सबै अधिकारहरूमा उपायको बौधिक स्वामित्व रहनेछ र ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले उपायको हितको लागि गोपनियता कायम राख्नुपर्नेछ । ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले यहाँ उल्लेख गरे बमोजिम वा उपायले त्यस्तो गर्न लिखित रूपमा स्पष्ट रूपमा अनुमति दिएको अवस्थामा बाहेक त्यस्तो सूचना कुनै पनि व्यक्ति वा संस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग, सम्प्रेषण वा खुलासा गर्ने छैन ।
उपायसँग विज्ञापन र विश्लेषण गर्ने प्रयोजनका लागि ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीहरूको आँकडा प्रयोग गर्ने अधिकार निहित रहेको छ ।
ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले निर्धारित समयभित्र सेवाहरू प्रदान गर्नेछ र उपायले ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई कार्य क्षेत्र र कार्यहरूका सम्बन्धमा समय समयमा सुझावहरू प्रदान गर्नेछ जसले ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई नियोजित समयावधी उक्त सुझाव आफ्नो कार्यमा समायोजन गर्न सक्षम बनाउनेछ । ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले उपायद्वारा माग गरिएका सबै रिपोर्टहरू पनि प्रदान गर्नेछ ।
८.१.
यस सम्झौताको प्रावधानको उल्लङ्घनको कारणले, सो कार्यको परिणामस्वरूप उत्पन्न हुने सक्ने, वा यथोचित रूपमा सोसँग सम्बन्धित कुनै पनि प्रत्यक्ष हानि, दाबी, क्षति, दायित्व तथा कानुनी शुल्क लगायत कुनै पनि प्रकारका खर्चहरूबाट र तिनका विरुद्ध पूर्णतया र निसर्तस् क्षतिपूर्ति दिई ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले उपायलाई हानिरहित राख्नुपर्नेछ ।
८.२.
उपायका ग्राहकले पक्का गरेका अर्डरहरू रद्द गरेको अवस्थामा, ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई कुनै पनि क्षतिपूर्ति तिर्न जिम्मेवार हुने छैन । तथापि, उपायले ग्राहकबाट क्षतिपूर्ति प्राप्त गरेको अवस्थामा न्यूनतम क्षतिपूर्ति दिने निर्णय पनि गर्न सक्नेछ (अनिवार्य रहने छैन र ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीको अधिकारको रूपमा रहने छैन) ।
८.३.
जुनसुकै कारणले पनी ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले आफ्नो कार्यसम्पादनमा ढिलाइ गरेको खण्डमा, उपायसँग सो ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई कुनै पनि क्षतिपूर्ति नदिई उक्त सेवा कार्य अर्को ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई गर्न दिने अधिकार रहनेछ । ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीको कार्यसम्पादनमा ढिलाइको कारणले हुने कुनै पनि हानिको क्षतिपूर्तिको दाबी गर्ने अधिकार उपायसँग निहित रहनेछ ।
दुई मध्ये कुनै एक पक्षले अर्को पक्षलाई कुनै सफाइ नदिईकन नै तीस (३०) दिनको म्याद सहित लिखित सूचना दिई यो सम्झौता खारेज गर्न सक्नेछ ।
यदि ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीले उपायलाई सूचित नगरी उपायको प्लेटफर्म तथा यसको सञ्जाल प्रयोग गरेमा वा सम्पर्क गरिएका ग्राहकहरूलाई बाइपास गरी ढुवानी सेवा प्रदान गर्ने प्रयत्न गरेमा यो करारनामा तुरुन्तै खारेज गर्ने तथा त्यस्तो कारोवारबाट उपायलाई प्राप्त हुने सेवा शुल्क असुल र्गो अधिकार उपायसँग रहनेछ ।
त्यसै गरी, जातिभेद, दुव्र्यवहार, चोरी, आदि लगायत कसुर गर्ने ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायीलाई हटाउने तथा कालोसूचिमा राख्ने अधिकार उपायसँग निहित रहनेछ ।
यदी ड्राइभर पार्ट्नरले मादक पदार्थ वा लागु औषध सेवन गरी ट्रिप गरेमा ।
उपायको पूर्व लिखित सहमति विना यो सम्झौता न त यस सम्झौता अन्तर्गतका कुनै पनि अधिकार पूर्ण वा आंशिक रूपमा, स्वैच्छिक रूपमा नै किन नहोस्, कुनै पनि पक्षले विनियोजन गर्न वा अन्यथा हस्तान्तरण गर्न सक्ने छैन ।
यस सम्झौताको अन्य बुँदामा जे लेखिएको भए तापनि, ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी र उपाय कानुनी रूपमा स्वतन्त्र ठेकेदार रहनेछन्, र एकअर्काको साझेदार वा संयुक्त उद्यम (जोइन्ट भेन्चर) हुने छैनन्, ड्राइभर-पार्ट्नर/ढुवानी व्यावसायी उपायको एजेण्ट, अधिकारी वा कर्मचारी पनि हुने छैन । कुनै पनि पक्षलाई अर्को पक्षलाई कानुनी रूपमा बाध्य पार्ने वा अन्यथा अर्को पक्षलाई कुनै स्पष्ट वा अन्तर्नििहत कर्तव्य वा दायित्व सिर्जना गर्ने स्पष्ट वा अन्तर्नििहत अधिकार, अख्तियार छैन, र आफू वा अर्को पक्षसँग कुनै पनि त्यस्तो हैसियत, अधिकार, शक्ति वा अख्तियारी रहेको कुरा व्यक्त गर्ने छैन ।
यस सम्झौता नेपालको कानुन अनुसार लागू र व्याख्या गरिनेछ र यस सम्झौता र यसका परिशिष्टहरूबाट कार्यान्वयन भएपछि उत्पन्न हुन सक्ने सवालहरूमा कानुनी द्वन्द्वको सिद्धान्त बिना काठमाण्डौं, नेपालका अदालतहरूको विशिष्ट अधिकार क्षेत्रभित्र पर्नेछ ।
यस सम्झौताभित्र रहेका कुनै पनि प्रावधानको अवैधता वा लागू गर्न नसकिने अवस्थामा पनि यसका अन्य कुनै पनि प्रावधानको वैधता वा लागू हुन सक्ने योग्यतालाई कुनै असर पार्दैन । यस सम्झौताको कुनै पनि प्रावधानलाई अवैध वा लागू गर्न नसकिने अवस्था आएमा, पक्षहरूले तत्काल शुद्ध नियत सहित छलफल गरी त्यस्ता प्रावधानलाई वैधता प्राप्त हुने र लागू गर्न मिल्ने, र सम्भव भएसम्म उही कानुनी र व्यावसायिक प्रभाव रहेको अर्को प्रावधान बदल्न सहमति गर्नेछन् ।
मैले यस सम्झौता—पत्रमा उल्लेखित सवै शर्तहरु पढी मञ्जुर गरी यो कबुलियतनामा मन्जुर गरेको छु ।